10/21/2026, 13:54:54
बुधबार, कार्तिक ०५, २०८३

नेप्सेमा ‘ग्रीन’ सिग्नल: २,६५१ को विन्दु चुम्दा पौने ४ अर्बको कारोबार


काठमाडौं, साउन २८ गते । बिहीबार सेयर बजार ८.८१ अंकले बढेको छ। यो वृद्धिसँगै नेप्से परिसूचक २,६५१ अंकमा कायम भएको छ।

अघिल्लो दिन नेप्से जम्मा ०.५५ अंक बढेको थियो। आज १७१ कम्पनीको मूल्य बढेको छ भने ८६ कम्पनीको घटेको छ; त्यसैगरी १९ कम्पनीको मूल्य स्थिर रह्यो। कारोबार रकममा पनि केही सुधार आएको छ। अघिल्लो दिन ३ अर्ब ५३ करोडको कारोबार भएकोमा आज ३ अर्ब ७२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

उच्च मूल्य बढेका कम्पनीहरू (Top Gainers)

क्र.सं. कम्पनीको नाम मूल्य वृद्धि (%)
१ सर्वोत्तम पेन्ट्स् १५.००%
२ माउन्ट एभरेस्ट पावर १५.००%
३ सुपर खुदी हाइड्रोपावर १३.०२%
४ घलेम्दी हाइड्रो ११.९०%
५ सीवाईसी लघुवित्त ५.०९%
६ पाल्पा सिमेन्ट ४.४८%

उच्च मूल्य घटेका कम्पनीहरू (Top Losers)

क्र.सं. कम्पनीको नाम मूल्य गिरावट (%)
१ इमर्जिङ नेपाल ५.११%
२ सिर्जनशील लघुवित्त ४.५३%
३ अपर लोहोरेखोला ३.२९%