काठमाडौं, साउन २८ गते । बिहीबार सेयर बजार ८.८१ अंकले बढेको छ। यो वृद्धिसँगै नेप्से परिसूचक २,६५१ अंकमा कायम भएको छ।
अघिल्लो दिन नेप्से जम्मा ०.५५ अंक बढेको थियो। आज १७१ कम्पनीको मूल्य बढेको छ भने ८६ कम्पनीको घटेको छ; त्यसैगरी १९ कम्पनीको मूल्य स्थिर रह्यो। कारोबार रकममा पनि केही सुधार आएको छ। अघिल्लो दिन ३ अर्ब ५३ करोडको कारोबार भएकोमा आज ३ अर्ब ७२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
उच्च मूल्य बढेका कम्पनीहरू (Top Gainers)
| क्र.सं. | कम्पनीको नाम | मूल्य वृद्धि (%) |
| १ | सर्वोत्तम पेन्ट्स् | १५.००% |
| २ | माउन्ट एभरेस्ट पावर | १५.००% |
| ३ | सुपर खुदी हाइड्रोपावर | १३.०२% |
| ४ | घलेम्दी हाइड्रो | ११.९०% |
| ५ | सीवाईसी लघुवित्त | ५.०९% |
| ६ | पाल्पा सिमेन्ट | ४.४८% |
उच्च मूल्य घटेका कम्पनीहरू (Top Losers)
| क्र.सं. | कम्पनीको नाम | मूल्य गिरावट (%) |
| १ | इमर्जिङ नेपाल | ५.११% |
| २ | सिर्जनशील लघुवित्त | ४.५३% |
| ३ | अपर लोहोरेखोला | ३.२९% |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!


































