08/06/2026, 17:11:57
बिहिबार, साउन २१, २०८३

नेप्से परिसूचक १३.८२ अंकले घट्यो, ४ अर्ब ६२ करोडको कारोबार


काठमाडौँ, साउन २१ गते । बिहीबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३.८२ अंकले घटेर २६५४ अंकमा कायम भएको छ। कारोबार अवधिभर ओरालो लागेको बजारमा कुल ६४ कम्पनीको सेयर मूल्य बढेको छ भने २०२ कम्पनीको मूल्य घटेको छ। बाँकी १० कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।

बजार परिसूचक घटे पनि कारोबार रकममा भने सामान्य सुधार देखिएको छ। अघिल्लो कारोबार दिन रु. ४ अर्ब ४० करोडको कारोबार भएकोमा आज रु. ४ अर्ब ६२ करोड बराबरको सेयर खरिदब बिक्री भएको छ।

व्यापारबाहेक सबै समूह राताम्मे
आज व्यापार समूह (०.५९%) बाहेक अन्य सबै उपसमूहका सूचक घटेका छन्।

व्यापार: +०.५९%
बैंकिङ: -०.८४%
जीवन बीमा: -०.६७%
निर्जीवन बीमा: -०.७३%
उत्पादन तथा प्रशोधन: -०.८८%
होटल तथा पर्यटन: -०.४६%
विकास बैंक: -०.३८%
जलविद्युत्: -०.३८%
लगानी: -०.३०%
माइक्रोफाइनान्स: -०.३०%
अन्य: -०.२८%
फाइनान्स: -०.१०%

समूहगत कारोबार रकम (रुपैयाँमा)
सबैभन्दा धेरै कारोबार जलविद्युत् समूहको भएको छ भने दोस्रोमा वाणिज्य बैंक समूह रहेको छ।

समूहकारोबार रकम
हाइड्रोपावर (जलविद्युत्)रु. २ अर्ब ४७ करोड
वाणिज्य बैंकरु. ४९ करोड ८२ लाख
विकास बैंकरु. ३१ करोड
फाइनान्सरु. २७ करोड

मूल्य बढेका र घटेका मुख्य कम्पनीहरू
आज माथिल्लो लोहोरेखोला जलविद्युत्को सेयर मूल्यमा १५ प्रतिशतको सकारात्मक सर्किट लागेको छ।

विवरणकम्पनीको नामपरिवर्तन (%)
उच्च मूल्य बढेकाअपर लोहोरेखोला+१५.००%
कालंगा हाइड्रो+४.६२%
सानीगढ हाइड्रो+२.४६%
उच्च मूल्य घटेकास्नो रिभर फल्स-५.००%
जोशी हाइड्रोपावर-४.७०%
कृषि विकास बैंक-३.५०%

धेरै कारोबार हुने शीर्ष ५ कम्पनीहरू
१. रिडी पावर
२. आँखुखोला जलविद्युत्
३. सोलु हाइड्रोपावर
४. नेसनल हाइड्रोपावर
५. खानीखोला हाइड्रोपावर