07/27/2026, 11:13:05
सोमबार, साउन ११, २०८३

सर्पदंशबाट महिलाको मृत्यु भएपछि आफन्तद्वारा प्रदर्शन


सप्तरी, साउन ११ गते । बिरामीको उपचारमा लापरबाही भएको आरोप लगाउँदै गजेन्द्रनारायण सिंह अस्पताल अगाडि आफन्तले प्रदर्शन गरेका छन्।

राजविराज नगरपालिका–१५ की कविता यादवको सर्पदंशको उपचारका क्रममा मृत्यु भएपछि आफन्त आक्रोशित बनेका हुन्। दोषीमाथि छानबिन गरी कारबाहीको माग गर्दै गरिएको प्रदर्शनका कारण अस्पताल परिसर तनावग्रस्त बनेको छ। अस्पताल प्रशासनले भने यसबारे कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन।