07/21/2026, 18:07:08
मङ्गलबार, साउन ०५, २०८३

७.२५ अंकले बढ्दै नेप्से २७२६ विन्दुमा, कारोबार रकम ६ अर्ब ६७ करोड नाघ्यो


काठमाडौँ, साउन ५ गते । अघिल्ला ५ दिनको निरन्तर वृद्धिलाई पछ्याउँदै मंगलबार पनि नेप्से परिसूचक ७.२५ अंक (०.२६%) ले बढेर २७२६.४९ विन्दुमा पुगेको छ। अघिल्ला दिनहरूको तुलनामा वृद्धिको गति केही सुस्त भए पनि सेयर बजारमा सकारात्मक माहौल कायम छ।

सोमबार सेयर लगानीकर्ताहरूसँगको भेटमा प्रधानमन्त्री बालेन्द्र शाहले सरकार बजारका समस्या समाधान गर्न तयार रहेको र ढुक्क भएर लगानी गर्न आग्रह गरेका थिए।

मंगलबार ६ अर्ब ६७ करोड १० लाख रुपैयाँ बराबरको १ करोड ४९ लाख २४ हजारभन्दा बढी कित्ता सेयर किनबेच भयो, जुन अघिल्लो दिनको (५ अर्ब ५१ करोड) तुलनामा बढी हो। कारोबारमा आएका १३ उपसमूहमध्ये बैंकिङ, लगानी, उत्पादन तथा प्रशोधन, अन्य र व्यापार उपसमूहका परिसूचक बढेका छन्।