काठमाडौँ, साउन ४ गते । लगातार पाँचौँ दिन पनि सेयर बजारमा वृद्धि भएको छ । सोमबार नेप्से परिसूचक ४१.७० अंक (१.५५%) ले बढेर २,७१९.२४ मा पुगेको छ ।
काउन्टर अपडेट: २३९ कम्पनीको मूल्य बढ्दा ३२ को घट्यो र ५ को स्थिर रह्यो ।
कुल कारोबार: ५ अर्ब ५१ करोड २६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो ।
उपसमूह: सामुहिक लगानी कोषबाहेक बाँकी १२ वटा उपसमूहको सूचक सकारात्मक रह्यो ।
कुल ६७ हजार १ सय ५५ पटकको कारोबारमा १ करोड २२ लाख ४५ हजार ३ सय ३७ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ५ अर्ब ५१ करोड २६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार कारोबारमा आएका १३ उपसमूहमध्ये सामुहिक लगानी कोषबाहेक सबैको परिसूचक बढे ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!


































