07/14/2026, 17:55:46
मङ्गलबार, असार ३०, २०८३

सेयर बजारमा सुधार : नेप्से ६.११ अंकले बढ्दा ८ अर्ब ४१ करोडको कारोबार


काठमाडौं, असार ३० गते । लगातार चार दिन घटेको सेयर बजारमा मंगलबार सुधार आएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६.११ अंक (०.२३%) ले बढेर २५७६.२९ विन्दुमा पुगेर बन्द भएको छ।

पहिलो घण्टा उच्च अंकले घटेको बजार दिउँसो १२:४५ बजे अहिलेसम्मकै उच्च २५८४ अंकसम्म पुगेको थियो। मंगलबार कारोबारमा आएका कम्पनीमध्ये १६४ को मूल्य बढेको छ भने १०१ को घटेको र १० कम्पनीको स्थिर रहेको छ।

आज ५३ हजार ८५४ पटकको कारोबारमा १ करोड ८२ लाख ९३ हजार ५९६ कित्ता सेयर किनबेच हुँदा कुल ८ अर्ब ४१ करोड ७५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो दिन सोमबार ७ अर्ब ४६ करोड ८४ लाख रुपैयाँको कारोबार भएको थियो।

१३ उपसमूहमध्ये उत्पादन तथा प्रशोधन (०.१८% गिरावट) बाहेक अन्य सबै समूहको परिसूचकमा सुधार आएको छ।