06/13/2026, 18:01:34
शनिबार, जेठ ३०, २०८३

४ दिन घटेको नेप्से साढे २ अंकले बढ्यो, कारोबार रकम घट्यो


काठमाडौँ, जेठ २७ गते । सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार २.५७ अंकले बढेको छ । मंगलबारको तुलनामा ०.०९ प्रतिशतले बढेर बुधबार समग्र नेप्से २ हजार ७ सय ३६.१७ अंकमा उक्लेको छ । यसअघि लगातार चार दिन घटेको नेप्से बुधबार सामान्य अंकले बढेको हो ।

बुधबार कारोबारमा आएकामध्ये १२७ कम्पनीको मूल्य बढ्यो, १३४ कम्पनीको घट्यो र १० वटाको स्थिर रह्यो । सो दिन कुल ४९ हजार २ सय ४८ पटकको सेयर किनबेचमा ९२ लाख ८३ हजार ३२६ कित्ता सेयर खरिदबिक्री भए । ती किनबेचमा ४ अर्ब २९ करोड ७४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको हो । गत मंगलबार बार ६ अर्ब ४४ करोड ३१ लाख रुपैयाँ बराबर सेयर कारोबार भएको थियो ।

सो दिन कारोबारमा आएका १३ वटा उपसमूहमध्ये लगानी, जीवन बिमा, निर्जीवन बिमा, अन्य र व्यापार उपसमूहको परिसूचक घटे । तर, बाँकी उपसमूहको परिसूचक बढ्दा समग्र नेप्से साढे २ अंकले सकारात्मक बनेको हो ।

बुधबार बैकिङ उपसमूहको परिसूचक भने स्थिर छ ।