

काठमाडौँ, जेठ २० गते । अघिल्लो कारोबार दिन उल्लेख्य सुधार देखिएको सेयर बजार बुधबार भने सीमित अंकले मात्र बढेको छ। आज बजार २.६६ अंकले उकालो लाग्दै नेप्से परिसूचक २७८० विन्दुमा पुगेको छ।
दिनभरको कारोबारमा बजार सामान्य उतारचढावबीच सीमित दायरामै चलेको देखिएको छ। कारोबारतर्फ १४९ कम्पनीको मूल्यमा वृद्धि हुँदा ११६ कम्पनीको घटेको छ भने ६ कम्पनी स्थिर रहेको तथ्यांक छ।
कारोबार रकम भने बढेको छ। अघिल्लो दिन ५ अर्ब २६ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज बढेर ५ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ।
क्षेत्रगत सूचकहरूमा आज निर्जीवन बीमा समूहमा उल्लेख्य आकर्षण देखिएको छ। सो समूह ३.३७ प्रतिशतले वृद्धि हुँदै वैशाख २ यताकै उच्च विन्दुमा पुगेको छ। अघिल्लो दिन फाइनान्स समूहमा तीव्र वृद्धि देखिएको थियो, जसले ६ प्रतिशतको उछाल हासिल गरेको थियो।
बजार विश्लेषकका अनुसार बजेटमार्फत तेस्रो पक्ष बीमाको सीमा दोब्बर बढाएर १० लाख रुपैयाँ पुर्याइएपछि निर्जीवन बीमा कम्पनीहरूको व्यवसाय विस्तार हुने अपेक्षाले सो समूहमा लगानीकर्ताको आकर्षण बढेको हो।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!






































