काठमाडौँ, जेठ १९ गते । सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार २२.२१ अंकले बढेको छ । सोमबारको तुलनामा ०.८० प्रतिशतले बढेर समग्र नेप्से २ हजार ७ सय ७७.५८ अंकमा उक्लेको छ ।
आगामी आर्थिक वर्षको बजेट आएपछिको पहिलो कारोबार दिन सोमबार नेप्से २६.७२ अंकले घटेको थियो । तर, मंगलबार भने नेप्सेले ओरालो बाटो पुनः फेरेर उकालो लागेको छ ।
मंगलबार कारोबारमा आएकामध्ये १८४ कम्पनीको मूल्य बढ्यो, ७७ कम्पनीको घट्यो र १० वटाको स्थिर रह्यो । सो दिन कुल ६१ हजार ५ सय २७ पटकको सेयर किनबेचमा १ करोड १३ लाख ५८ हजार १ सय कित्ता सेयर खरिदबिक्री भए ।
ती किनबेचमा ५ अर्ब २६ करोड ५२ लाख रुपैयाँ बराबर सेयर कारोबार भएको छ । अघिल्लो कारोबार दिनको तुलनाका कारोबार रकम घटेको हो । गत सोमबार ५ अर्ब ६१ करोड ४३ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।
सो दिन कारोबारमा आएका १३ वटा उपसमूहमध्ये उत्पादन तथा प्रशोधनबाहेक सबैको परिसूचक बढेपछि समग्र नेप्सो दोहोरो अंकले बढ्न टेवा पुगेको हो । तर उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक भने ०.४२ प्रतिशतले ऋणात्मक छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










































