

काठमाडौ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झण्डै पाँच अंकले बढेको छ ।
नेप्से परिसूचक ४.९९ अंकले बढेर २ हजार ७८२.१० विन्दुमा पुगेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स १.२१ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.४३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४३ अंकले बढेको छ ।
आज कारोबारमा आएका ३५४ कम्पनीको १ करोड ५२ लाख ४९ हजार कित्ता सेयर ६ अर्ब ३ करोड ६४ हजार रुपैयाँबराबरको खरिदबिक्री भएको छ । पछिल्लो धेरै काराबारपछि बुधवार कारोबार रकम पनि बढेको छ । मंगलबार ४ अर्ब ८५ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री थियो।
नेप्सेका १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ । जसमा बैंकिङ्ग, म्युचुअल फण्ड, निर्जीवन बीमा विकास बैंक, जलविद्युत, लगानी, जीवन बीमा, लघुवित्त र व्यापार उपसमूहको परिसूचक सामान्य अंक बढेको छ ।
कालिञ्चोक हाइड्रोपावरको सेयरमूल्य १४.९८ प्रतिशत बढेको छ । त्यस्तै बुंगल हाइड्रोको सेयरमूल्य करिब साढे १३ प्रतिशतभन्दा बढी बढेको छ। तर यता सानिमा डिबेञ्चर २०८९ को मूल्य भने ६.६४ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत कम्पनीको ७१ करोड २२ लाख ३३ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!





































