काठमाडौँ, वैशाख २९ गते । सर्वोच्च अदालतले ‘लालीबजार‘ चलचित्र प्रदर्शनमा रोक लगाउन माग गर्दै दायर भएको रिटमा महान्यायाधीवक्तालाई जानकारी दिन आदेश गरेको छ । रोशनी नेपालीले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश कुमार रेग्मी र नृपध्वज निरौलाको संयुक्त इजलासले महान्यायाधिवक्तालाई छलफलको सूचना दिन आदेश गरेको हो ।
सुरुमा उच्च अदालत पाटन पुगेकी नेपालीले अन्तरिम आदेश खारेज भएपछि सर्वोच्चमा रिट दायर गरेकी थिइन् । १५ वैशाखमा उच्च अदालत पाटनले यसअघि जारी भएको अल्पकालीन अन्तरिम आदेश खारेज गर्दै फिल्म रिलिजको बाटो खोलेको थियो ।
त्यसअघि न्यायाधीश प्रकाश ढुंङ्गानाको एकल इजलासले कारण देखाउ आदेशसहित अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । यम थापा निर्देशित फिल्म १८ वैशाखदेखि प्रदर्शन तयारीमा थियो । षट्कोण आर्टस्ले निर्माण गरेको फिल्म वादी समुदायका महिलाले गर्ने संघर्षको कथावस्तुमा आधारित छ ।


अदालतले यसअघि नै सम्प्रदायका मानिसहरूको मान-मर्यादा, इज्जत प्रतिष्ठा र आत्मसम्मानमा आघात पुग्ने कसैप्रति द्वेष वा वैमनस्या उत्पन्न गर्ने साम्प्रदायिक दुर्भावना फैलाउने जस्ता शब्द चित्रसहितका चलचित्रहरूको प्रदर्शन गर्नु नेपालको संविधान विपरीत हुने हुँदा संविधान र प्रचलित कानुनअनुसार भूमिका निर्वाह गर्न आदेश दिएको र लाली बजारको रिटमा पनि सोहीअनुसार गर्न अल्पकालीन आदेश दिएको थियो ।
– दुर्गा दुलाल
What if you could work from Anywhere?
Explore More with something that can change your Life!


































