काठमाडौँ, वैशाख २३ गते । सेयर कारोबार मापक नेप्से परिसूचकमा बुधबार १.६४ अंकले घटेको छ । मंगलबारको तुलनामा ०.०६ प्रतिशतले घटेर समग्र नेप्से २७११.२२ अंकमा ओर्लेको छ । अघिल्लो दिन ८.७८ अंकले बढे पनि त्यो सुधार बुधबारसम्म टिकेन ।
आज कारोबारमा आएकामध्ये १०४ कम्पनीको मूल्य बढ्यो र १४९ कम्पनीको मूल्य घट्यो र १५ वटाको स्थिर रह्यो ।
बुधबार कुल ४७ हजार ८ सय ४१ पटकको सेयर किनबेचमा ७१ लाख ३१ हजार ५ सय ५७ कित्ता सेयर खरिद बिक्री भए । किनबेचमा ३ अर्ब १९ करोड ७७ लाख रुपैयाँ बराबर सेयर कारोबार भएको छ । अघिल्लो कारोबार दिनको तुलनाका कारोबार रकम घटेको हो । मंगलबार ३ अर्ब ४३ करोड ९० लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।
कारोबारमा आएका १३ वटा उपसमूहमध्ये विकास बैंक, जलविद्युत, जीवन बिमा, उत्पादन तथा प्रशोधनको र व्यापारको परिसूचक घटे । बाँकी उपसमूहको परिसूचक बढे पनि समग्र नेप्से सुधार हुन सकेन । ऋणात्मक अवस्थामै बन्द भयो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!



























