05/04/2026, 14:09:39
सोमबार, बैशाख २१, २०८३

राजनीतिक प्रभावमा थन्क्याइएका पुराना अनुसन्धान फाइल मात्रै खोलिएका हुन् : अर्थमन्त्री वाग्ले


काठमाडौँ, वैशाख २१ गते । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राजनीतिक प्रभावमा थन्क्याइएका पुराना अनुसन्धानका फाइल मात्रै खोलिएको भन्दै अनावश्यक ढंगले तरंगित हुनु नपर्ने बताएका छन् ।

लामा-लामा सूची छन् रे, भोलि कसलाई पक्रने, के गर्ने, धरपकड गर्ने, तर्साउने भन्ने त्यस्तो छैन,’ उनले भने, ‘पहिला बरु थियो जबरजस्ती असुलीका लागि सूची बनाएर फोन आउँथ्यो तपाईंहरुलाई ।

नेपाल उद्योग वाणिज्य महासंघको ६०औं वार्षिक साधारणसभामा उनले अहिले पुराना अनुसन्धानलाई नै अघि बढाइएको उनको भनाइ थियो । ‘हामी आएर गरेको पनि होइन । पुराना अनुसन्धान जो राजनीतिक प्रभावमा थन्क्याइएका थिए, तामेलीमा राखिएका थिए, मिल्काइएका थिए,’ उनले भने, ‘हाम्रो १ नम्बर देखि १९ नम्बर त सुशासन नै सुशासन हो नि । जे लेख्या थियौं त्यही गर्दै छौं ।

इमानदार ढंगले अगाडि बढेका उद्यमी व्यवसायीहरु त्रसित हुनुपर्ने भन्दै उनले आश्वस्त पारे । तर उद्यमी व्यवसायीको आवरणमा आपराधिक कुकृत्यमै संलग्न भए त्यसको भागीदार भने हुनुपर्ने उनको भनाइ थियो । अनावश्यक ढंगले त्रसित बनाउने सरकारको लक्ष्य नरहेको र कुनै छलफल नभएको पनि उनले बताए ।

– सीमा तामाङ