04/24/2026, 17:37:13
शुक्रबार, बैशाख ११, २०८३

झिनो अंकले बढेर शेयरबजार बन्द, ५ अर्ब २७ करोडको कारोबार


काठमाडौँ, वैशाख ११  गते ।  साताको अन्तिम कारोबार दिन शुक्रबार शेयरबजार परिसूचक नेप्से झिनो अंकले बढेर बन्द भएको छ । अघिल्लो दिन १७.०१ अंकले घट्दै २ हजार ७८७.१५ अंकमा झरेको नेप्से सूचक आज १.५४ अंकले बढेर २ हजार ७८८.७० अंकमा उक्लिएको हो ।

यस दिन कारोबारमा समेत केही सुधार हुँदै ५ अर्ब २७ करोड ३ लाख ९९ हजार रुपैयाँबराबरको १ करोड २१ लाख ७४ हजार कित्ता शेयर दोस्रो बजारमा किनबेच भएको नेप्सेले जनाएको छ । अघिल्लो दिन १७ अंकले नेप्से घटेको बजारमा  ५ अर्ब ९ करोड ५९ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको थियो ।

आज बैंकिङ, डेभलपमेन्ट बैंक, होटल तथा पर्यटन, हाइड्रोपावर, म्यानु एन्ड प्रो र ट्रेडिङ समूहको उपसूचक धनात्मक भएका छन् भने बाँकी सातवटा उपसूचक ऋणात्मक भएका छन् ।

८८ कम्पनीको शेयरमूल्य बढ्दा आज १६७ कम्पनीको मूल्य घट्न पुगेको छ । तीनवटा कम्पनी पाल्पा सिमेन्ट इन्डस्ट्रिज, शिखर पावर डेभलपमेन्ट र माई खोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य १५ प्रतिशतले बढेका छन् ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..