

काठमाडौँ, वैशाख ७ गते। यस साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक १३ दशमलव १७ अङ्कले घटेर दुई हजार ८२५ दशमलव २३ बिन्दुमा कामय भएको हो ।
आज तीन सय ४९ कम्पनीको एक करोड १६ लाख ५३ हजार ३७० कित्ता सेयर एक लाख १६ हजार ३१० पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब ४३ करोड ४२ लाख ४० हजार २७६ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
नेप्सेले कुनै कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको घटबढ हुँदा ‘सर्किट ब्रेक’ लाग्ने व्यवस्थालाई परिमार्जन गरी १५ प्रतिशत बनाएको छ । जसअनुसार आज सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेड, होटल फरेस्ट इन लिमिटेड, पाल्पा सिमेन्ट इन्डस्टिज लिमिटेड र शिखर पावर डेभलपमेन्ट लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
आजको कारोबारमा होटल तथा पर्यटन समूहको उपसूचक एक दशमलव ०१ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










































