नवलपुर, वैशाख १ गते । नयाँ वर्षको अवसरमा पवित्र तीर्थस्थल देवघाटधाममा स्नान तथा पूजाआजा गर्ने भक्तजनको घुइँचो लागेको छ। मङ्गलबार बिहान सबेरैदेखि नवलपुर, तनहुँ र चितवनको संगमस्थल देवघाटमा विभिन्न जिल्लाबाट आएका भक्तजनको भीड लागेको हो।
देवघाट आएका भक्तजनले वेणीमा स्नान गर्ने, मठमन्दिरमा दानपुण्य गर्ने, ग्रह शान्ति गर्ने तथा शुभकार्य गर्ने गरेका छन्। देवघाट क्षेत्र विकास समितिले सो जानकारी दिएको हो।
स्नान गर्न आउनेहरूको अत्यधिक भीडका कारण भक्तजनका लागि आवागमन सहज बनाउन छुट्टाछुट्टै व्यवस्था मिलाइएको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सनद बरालले जानकारी दिनुभयो। उहाँका अनुसार नयाँ वर्षको पहिलो दिन यहाँ ५० हजारभन्दा बढी भक्तजनले स्नान गर्ने अनुमान गरिएको छ।
















– बोमलाल गिरी
What if you could work from Anywhere?
Explore More with something that can change your Life!





























