04/13/2026, 11:46:39
सोमबार, चैत ३०, २०८२

प्रधानमन्त्री शाहको सम्पत्ति कति छ ?


काठमाडौँ, चैत २९ गते । प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार प्रधानमन्त्री वालेन्द्र शाहको धनुषामा १.२ बिघा र काठमाडौंमा ५ आना जग्गा रहेको छ । त्यस्तै महोत्तरीमा ९ बिघा जमिन रहेको छ ।

उक्त जग्गा बुवा रामनारायण शाहको नाममा रहेको पनि विवरणमा उल्लेख छ । त्यस्तै पैतृक सम्पत्तिबाट प्राप्त भनेर पत्नी सविना काफ्लेको नाममा १९० तोला सुनचाँदी देखाइएको छ । त्यस्तै बैंकमा प्रधानमन्त्री शाहको खातामा १ करोड ४६ लाख रुपैयाँ बचत रहेको छ ।

उक्त आम्दानीको स्रोत भने सामाजिक सञ्जालहरू फेसबुक, युट्युब, टिकटक, स्पटीफाई लगायत उल्लेख गरिएको छ । शाहको फेसबुकमा ४० लाख, युट्युबमा १२ लाख र एक्समा ५ लाख फलोअर रहेको पनि विवरणमा उल्लेख छ ।