09/09/2026, 09:02:30
बुधबार, भदौ २४, २०८३

इजरायलमा केयरगिभरका लागि थप १,४५४ जनाको पुन: आवेदन खुला, भदौ २६ सम्म भर्न सकिने


काठमाडौँ, भदौ २४ गते । वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक श्रमिक (केयरगिभर) का रूपमा काम गर्न इच्छुक नेपाली युवाहरूका लागि पुनः आवेदन आह्वान गरेको छ।

नेपाल र इजरायल सरकारबिच भएको श्रम सम्झौता अनुसार कुल १,४५४ जना (१,१२२ जना महिला र ३३२ जना पुरुष) नेपाली श्रमिकका लागि आवेदन माग गरिएको हो।

विभागका प्रवक्ता बिन्दा आचार्यका अनुसार इजरायलले तेस्रो चरणमा कुल २,३०० जना केयरगिभरको माग गरेकोमा गत असारमा चिट्ठा प्रणाली (लटरी) मार्फत ८३६ जना मात्र छनोट भएका थिए। बाँकी १,४६४ जना अपुग भएपछि विभागले पुनः आवेदन खुलाएको हो।

आवेदन सम्बन्धी मुख्य विवरण:

  • उमेर हद: २५ वर्षदेखि ४५ वर्ष पूरा भएका उम्मेदवार।
  • आवेदन दिने समय: भदौ २३ गते राति १२ बजेदेखि भदौ २६ गते राति १२ बजेसम्म।
  • कामको विवरण: इजरायलका दीर्घकालीन स्याहार केन्द्र वा गम्भीर अपाङ्गता भएका जुनसुकै उमेरका व्यक्तिको स्याहारसुसार गर्ने।
  • करार अवधि: प्रारम्भिक करार अवधि १ वर्षको हुनेछ भने रोजगारदाताले चाहेमा थपेर बढीमा ५ वर्षसम्म लम्ब्याउन सक्नेछन्।

नेपाल र इजरायल सरकारबिच २०७७ असोज १४ गते भएको सम्झौता र ‘इजरायलमा नेपाली दक्ष श्रमिक पठाउनेसम्बन्धी निर्देशिका, २०७८‘ अनुसार यो छनोट प्रक्रिया अगाडि बढाइएको हो।