11/18/2026, 14:24:38
बुधबार, मङि्सर ०३, २०८३

अर्थमन्त्री डा. वाग्लेद्वारा विपद्पछिको पुनरुत्थानबारे विकास साझेदारहरूसँग छलफल


काठमाडौँ, भदौ २५ गते । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपद्पछिको पुनरुत्थान तथा आवश्यकता आकलनका विषयमा विकास साझेदार प्रतिनिधिहरूसँग छलफल गर्नुभएको छ। सिंहदरबारस्थित अर्थ मन्त्रालयको सुवर्ण हलमा आज उक्त विशेष बैठक सम्पन्न भएको हो।

बैठकमा प्रमुख दातृ निकायका २० भन्दा बढी मिसन प्रमुख तथा कन्ट्री डाइरेक्टरहरूको बाक्लो उपस्थिति रहेको थियो। बैठकमा विशेषगरी रसुवा बाढी विपद्पछिको खोजी, उद्धार तथा प्रारम्भिक पुनरुत्थानका प्रयासहरूबारे गहन छलफल भएको छ।

साथै, द्रुत विपद् आवश्यकता आकलन (Post-Disaster Needs Assessment) र क्षति मूल्याङ्कनका विविध आयामहरूमाथि मन्त्री र सरोकारवाला प्रतिनिधिहरूबिच विस्तृत समीक्षा तथा आगामी रणनीतिबारे विचार-विमर्श गरिएको छ।