

जनकपुरधाम, भदौ २५ गते । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनका कारण हिमाल पग्लिने विषय वातावरणीय मात्र नभई मानव सभ्यता र अस्तित्वसँग प्रत्यक्ष जोडिएकाले नेपालले यसलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्ने बताउनुभएको छ।
जनकपुरधाममा बिहीबार बिहान सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा मात्र सीमित नभई कृषि, पानीका स्रोत, जैविक विविधता र समग्र अर्थतन्त्रमा परिरहेकाले अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुपर्नेमा जोड दिनुभयो।
सम्बोधनका क्रममा संयोजक दाहालले भोटेकोशी बाढीपछि सुरुङभित्र फसेका नागरिकहरूको खोज तथा उद्धारमा सरकार गम्भीर रूपमा चुकेको आरोप समेत लगाउनुभयो। विपद्का बेला समयमै अन्तर्राष्ट्रिय विशेषज्ञ टोली र अत्याधुनिक प्रविधि परिचालन गर्न नसक्दा ठूलो मानवीय क्षति हुन पुगेको भन्दै उहाँले सरकारको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाउनुभयो।
उहाँले आफू प्रधानमन्त्री हुँदा जलवायु न्यायका पक्षमा अन्तर्राष्ट्रिय मञ्चहरूमा आवाज उठाएको स्मरण गराउँदै वर्तमान सरकारलाई पनि तत्काल प्रभावकारी कदम चाल्न आग्रह गर्नुभयो। सुरुङभित्र फसेकाहरूको अवस्था पत्ता लगाउन र राहत तथा उद्धारलाई तीव्रता दिन दक्ष जनशक्ति र प्रविधिको तत्काल प्रयोग गरिनुपर्ने उहाँको भनाइ थियो।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!































