09/09/2026, 11:42:31
बुधबार, भदौ २४, २०८३

भोटेकोशी बाढीले देवीघाट पुल बगाएपछि पुनर्निर्माण सुरु, सुरक्षाकर्मी परिचालन


काठमाडौँ, भदौ २४ गते । रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीले बगाएको रणनीतिक रूपमा अत्यन्तै महत्त्वपूर्ण मानिने देवीघाट पुलको पुनर्निर्माण कार्य तीव्र रूपमा अगाडि बढाइएको छ।

बाढीले पुल बगाएपछि त्यस क्षेत्रको यातायात र स्थानीयको आवागमन पूर्ण रूपमा अवरुद्ध हुन पुगेको थियो, जसलाई पुनः सञ्चालनमा ल्याउन सरकारले द्रुत गतिमा काम थालेको हो। उक्त पुल निर्माणका लागि नेपाली सेनासहितका सुरक्षाकर्मीहरू प्रत्यक्ष रूपमा खटिएका छन्।

गल्छी हुँदै रसुवा जाने मुख्य सडकखण्डमा पर्ने यो पुलको पुनर्निर्माण सम्पन्न भएपछि त्यस क्षेत्रका बासिन्दाको दैनिक जनजीवन सहज हुनुका साथै यातायात सेवा पनि पुनः पूर्ववत् रूपमा सञ्चालनमा आउने अपेक्षा गरिएको छ।