09/10/2026, 08:50:56
बिहिबार, भदौ २५, २०८३

बाढीले बिग्रिएको नेपाल टेलिकमको फाइबर सेवा पुनःसञ्चालनमा: १,०९३ लाइन मर्मत सम्पन्न


काठमाडौँ, भदौ २५ गते । गत भदौ १० गते आएको अविरल बाढीका कारण रसुवागढी, बेत्रावती र त्रिशूली क्षेत्रमा नेपाल टेलिकमको अप्टिकल फाइबर नेटवर्कमा गम्भीर क्षति पुगेको थियो।

बाढीले मुख्य पूर्वाधारसहित करिब १२८ किलोमिटर एरियल अप्टिकल फाइबर क्याबल बगाउँदा त्यस क्षेत्रका कुल १ हजार ५४४ एफटिटिएच (FTTH) लाइन पूर्ण रूपमा अवरुद्ध हुन पुगेका थिए।

विवरणविवरण/संख्या
घटनाको कारणभदौ १० गते आएको बाढी
प्रभावित क्षेत्रहरूरसुवागढी, बेत्रावती र त्रिशूली
भौतिक क्षति

– ओएलटी (OLT): २ वटा (रसुवागढी र बेत्रावतीमा १–१ वटा)


– एफडिसी (FDC): ५ वटा (रसुवागढी १, बेत्रावती १, त्रिशूली ३)


– एरियल अप्टिकल फाइबर क्याबल: करिब १२८ किमी

कुल प्रभावित एफटिटिएच लाइन१,५४४ लाइन
पुनःसञ्चालनमा आएका लाइन (पहिलो चरण)१,०९३ लाइन
हालको अवस्थापहिलो चरणको नेटवर्क सुचारु कार्य सम्पन्न

विपद्‌लगत्तै प्राविधिक जनशक्ति तथा स्रोत-साधन परिचालन गरी नेपाल टेलिकमले मर्मत कार्यलाई तीव्र पारिएको थियो। जसअनुसार हालसम्म १ हजार ९३ वटा लाइनहरू सफलतापूर्वक पुनःसञ्चालनमा आएसँगै पहिलो चरणको सेवा सुचारु गर्ने कार्य सम्पन्न भएको टेलिकमले जनाएको छ।

बाँकी रहेका लाइनहरू पनि भौगोलिक विकटता, बस्तीको अवस्था र ग्राहकको मागका आधारमा क्रमैसँग सञ्चालनमा ल्याइनेछ। प्राकृतिक विपद्‌को यस कठिन परिस्थितिमा धैर्यता र विश्वास राखिदिनुभएकोमा कम्पनीले ग्राहकवर्गप्रति हार्दिक आभार व्यक्त गरेको छ।