

काठमाडौं, भाद्र २५ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी २४ घण्टामा देशभर सामान्यतया बादल लाग्नेछ। देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ।
आज दिउँसो
कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका धेरै स्थानमा तथा गण्डकी प्रदेशको केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका धेरै स्थानमा, मधेश प्रदेश तथा कोशी प्रदेशका तराई भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। देशको पहाडी तथा मधेश प्रदेश लगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
आज राति
देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। देशको पहाडी भू-भागका केही स्थानमा र तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
मौसमी विश्लेषण
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा थोरै उत्तरतर्फ तथा पूर्वमा सरदर स्थानकै आसपास रहेको छ।
भारी वर्षा, चट्याङ, बाढी, पहिरो तथा हिमपातको जोखिमलाई मध्यनजर गर्दै आवश्यक सतर्कता अपनाउन मौसम महाशाखाले अनुरोध गरेको छ।
Source : Meteorological Forecast Division


What if you could work from Anywhere?
Explore More with something that can change your Life!






























