काठमाडौँ, भदौ २५ गते । सङ्घीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) को बैठक आज बिहीबार बस्दै छ। सङ्घीय संसद् सचिवालयका अनुसार अपराह्न १ बजे प्रतिनिधिसभा र अपराह्न १:१५ बजे राष्ट्रियसभाको बैठक बस्ने कार्यसूची रहेको छ।


प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’, ‘भुक्तानी तथा फर्छ्यौट (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३’ सम्बन्धी प्रस्ताव पेस गर्नुहुनेछ।


यस्तै, कानुनमन्त्री सोविता गौतमले एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यतासम्बन्धी प्रस्ताव पेस गर्नुहुनेछ भने सभामुखले पूर्वसांसद शुक्रराज संयोकको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नुहुनेछ।


यता राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस गर्नुका साथै ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ माथि छलफल र पारित गर्ने सम्भावित कार्यसूची रहेको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!






























