

काठमाडौँ, भदौ २७ गते । रसुवाको बाढीका कारण केही समय सुस्ताएको चलचित्र क्षेत्रमा यो हप्ताबाट पुनः चहलपहल सुरु भएको छ। यो शुक्रबारदेखि हलहरूमा दुई नेपाली र दुई अन्तर्राष्ट्रिय गरी कुल चार नयाँ चलचित्र एकैसाथ प्रदर्शनमा आएका छन्।
नेपाली चलचित्र ‘पेन्सन पट्टा’ र ‘बेहुली’ का साथै हलिउडको ‘फल २ : डेड प्वाइन्ट’ र बलिउडको ‘हनुमान अंश’ ले दर्शकलाई हलसम्म आकर्षित गर्ने अपेक्षा गरिएको छ।
प्रदर्शनमा आएका नेपाली चलचित्रहरूमध्ये दयाहाङ राई र गौमाया गुरुङ अभिनित तथा माओत्से गुरुङ निर्देशित ‘पेन्सन पट्टा’ लाहुरे श्रीमान्को निधनपछि पत्नीले पेन्सन प्राप्त गर्न गर्ने सामाजिक सङ्घर्षमा आधारित छ। त्यसैगरी, पारस बम ठकुरी र दिव्या रायमाझीको मुख्य भूमिका रहेको सशान कँडेल ‘सन्तोष’ निर्देशित ‘बेहुली’ ड्रामा विधामा तयार पारिएको सिनेमा हो।
अन्तर्राष्ट्रिय चलचित्रतर्फ थाइल्यान्डको जोखिमपूर्ण माउन्ट क्वान आरोहण र बचावटको सस्पेन्स कथामा बनेको हलिउड सिनेमा ‘फल २ : डेड प्वाइन्ट’ प्रदर्शनमा आएको छ।
साथै, नीम करोली बाबाको बाल्यकाल र आध्यात्मिक यात्राको प्रेरणादायी कथा प्रस्तुत गरिएको बलिउड चलचित्र ‘हनुमान अंश’ ले पनि शुक्रबारदेखि नेपाली दर्शक माझ उपस्थिति जनाएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!






































