काठमाडौँ, कात्तिक २६ गते । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटअन्तर्गत बिहीबार भएको रोमाञ्चक खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई ४ विकेटले पराजित गरेको छ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले युवराज समराको उत्कृष्ट इनिङको बाबजुद १७.५ ओभरमा १ सय ३२ रनमै समेटिन पुग्यो। जवाफमा सानो लक्ष्य पछ्याउने क्रममा केही सम्हालिन सकेको विराटनगरले संघर्ष गर्दै १९.२ ओभरमा ६ विकेटको क्षतिमा १ सय ३६ रन बनाउँदै लक्ष्य भेटायो।
यस महत्त्वपूर्ण जितसँगै ६ खेलमा ३ जित र ३ हारसहित ६ अङ्क जोडेको विराटनगर तालिकाको चौथो स्थानमा उक्लिँदै प्लेअफमा पुग्ने आफ्नो आशालाई जीवितै राखेको छ भने ५औँ हार व्यहोरेको पोखरा औपचारिक रूपमै प्लेअफ दौडबाट बाहिरिएको छ।
पोखराका लागि युवा ब्याटर युवराज समराले ४७ बल खेल्दै ७ चौका र ५ छक्काको मद्दतमा सर्वाधिक ८४ रनको उत्कृष्ट इनिङ खेले पनि अन्य ब्याटर चल्न सकेनन्। खेलको १५औँ ओभरमा विराटनगरका कप्तान तथा मार्की खेलाडी सन्दीप लामिछानेले सामरालाई पेभेलियन फर्काउँदै पोखराको ब्याटिङ ध्वस्त पार्ने सिललसिला सुरु गरे।
सन्दीपले सोही ओभरमा लगातार बलहरूमा विकेट लिँदै यस सिजनको पहिलो ह्याट्रिक पूरा गरे। उनले समरापछि पोखराका कप्तान चामिका करुणारत्ने र किरण ठगुन्नालाई लगातार एलबीडब्लु धरापमा पार्दै एनपिएल इतिहासमा दुर्लभ कीर्तिमान आफ्नो नाममा लेखाए।
उत्कृष्ट लयमा देखिएका सन्दीपले कुल ४ ओभरमा २७ रन खर्चेर ६ महत्त्वपूर्ण विकेट हात पारे। एनपीएलको इतिहासमा एकै खेलमा ६ विकेट लिने उनी पहिलो खेलाडी बन्नुका साथै यो प्रतियोगिताकै दोस्रो उत्कृष्ट बलिङ प्रदर्शनसमेत बनेको छ।
सन्दीपबाहेक विराटनगरका लागि एन्जेलो म्याथ्युज, चारिथ असलंका र रुपेश सिंहले समान १–१ विकेट लिए। पोखराका लागि सन्नी विक र धनन्जय लक्षणले समान २२/२२ रन बनाउनुबाहेक अन्यले दोहोरो अङ्कमा रन जोड्न सकेनन्।
सामान्य लक्ष्य पछ्याउने क्रममा विराटनगरका ओपनर लोकेश बमले ३३ रन बनाए भने बसिर अहमदले ३७ र इसुरु उडानाले अविजित २५ रनको योगदान दिँदै टिमलाई जिताए। पोखराका लागि कुशल भुर्तेल र रमेश मेन्डिसले २–२ विकेट लिए पनि त्यो जितका लागि पर्याप्त हुन सकेन। यस जितले विराटनगरलाई अगाडिको चरणमा पुग्न थप ऊर्जा दिएको छ।
| विवरण | तथ्य / जानकारी |
| प्रतियोगिता | नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट |
| नतिजा | विराटनगर किंग्सद्वारा पोखरा एभेन्जर्स ४ विकेटले पराजित |
| म्यान अफ द म्याच / प्रमुख खेलाडी | सन्दीप लामिछाने (४ ओभरमा २७ रन खर्चेर ६ विकेट, ह्याट्रिकसहित) |
| पोखराको योगफल | १७.५ ओभरमा १३२ रन अलआउट (युवराज समरा ८४ रन) |
| विराटनगरको योगफल | १९.२ ओभरमा १३६/६ (बसिर अहमद ३७, इसुरु उडाना अविजित २५) |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!









प्रतिक्रिया दिनुहोस्