काठमाडौँ, कात्तिक २७ गते । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ। यसको प्रभाव-स्वरूप देशका केही तराई भेग, उपत्यका तथा नदी किनारका खोँचहरूमा बिहानको समयमा हुस्सु तथा कुहिरो लागेको छ भने बाँकी अधिकांश भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेष गरी बिहानको समयमा देखिएको हुस्सुले जनजीवन सामान्य प्रभावित भए पनि दिउँसोतिर मौसममा क्रमिक सुधार हुँदै जानेछ।
आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रको मौसम मुख्यतया सफा रहनेछ। विशेष गरेर कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको छ। यसले गर्दा हिमाली क्षेत्रमा तापक्रम थप घट्ने अनुमान गरिएको छ।
त्यसैगरी, आज राति पनि देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराईमा मौसम सामान्यतया सफा रहनेछ। रातिको समयमा पनि हिमाली भू-भागका साथै कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना कायम रहने महाशाखाले जनाएको छ।
पश्चिमी वायुको यो सामान्य प्रभावले विशेष गरी उच्च पहाडी तथा हिमाली क्षेत्रका जनजीवन, पर्वतारोहण तथा कृषिकर्ममा आंशिक असर पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।
| विवरण | तथ्य / जानकारी |
| मौसम प्रणाली | पश्चिमी वायुको आंशिक प्रभाव |
| वर्तमान अवस्था | तराई, उपत्यका र खोँचमा हुस्सु तथा कुहिरो, बाँकी भागमा सफा |
| दिउँसोको अवस्था | हिमाली र पहाडी भागमा आंशिक बदली, तराईमा सफा |
| वर्षा तथा हिमपात | कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रका १–२ स्थानमा हल्का वर्षा र हिमपात |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!









प्रतिक्रिया दिनुहोस्