

काठमाडौँ, भदौ २२ गते। भदौ २६ गतेदेखि देशभरका सिनेमा घरमा प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘बेहुली’ निर्माण टिमले आफ्नो कमाइको केही हिस्सा बाढी पीडितको सहयोगार्थ दिने घोषणा गरेको छ।
चलचित्रका निर्माता तथा प्रस्तुतकर्ता अर्जुन पोखरेलका अनुसार बक्स अफिसमा गर्ने कुल कमाइबाट निर्माताको भागमा पर्ने रकमको ५ प्रतिशत ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोष’ मा जम्मा गरिने भएको छ।
हालै देशका विभिन्न स्थानमा आएको प्राकृतिक विपत्ति र बाढी पहिरोले पुर्याएको क्षतिप्रति संवेदनशील हुँदै निर्माण टिमले सामाजिक उत्तरदायित्व स्वरूप यो निर्णय लिएको जनाएको छ। सशान कँडेलको निर्देशन तथा माधव शर्माको लेखनमा बनेको यस चलचित्रले प्रदर्शनअघि नै दर्शक र मिडियाको राम्रो ध्यान खिच्न सफल भएको छ।
यस चलचित्रमा पारस, दिव्या, सुशान्त, पदम र सन्तोषका साथमा सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, सविन कट्टेल तथा समायरा थापा मगर लगायतका कलाकारहरूको मुख्य अभिनय रहेको छ। बाढी प्रभावितहरूको पुनर्स्थापना र राहतमा सहयोग पुर्याउने यो कदमको चौतर्फी प्रशंसा भइरहेको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!






































