07/27/2026, 17:22:04
सोमबार, साउन ११, २०८३

नेप्से ३३.२८ अंकले घट्यो, ६ अर्ब ८ करोडको सेयर कारोबार


काठमाडौं, साउन ११ गते । अघिल्लो दिन ७.९० अंक बढेको सेयर बजार सोमबार ३३.२८ अंकले घटेर २,७०१ विन्दुमा झरेको छ। कारोबारको सुरुमा २,७४४ अंकसम्म पुगेको नेप्से त्यसपछि निरन्तर ओरालो लागेको हो।

बजार घटे पनि कारोबार रकम भने बढेको छ। अघिल्लो दिन ४ अर्ब ६७ करोडको कारोबार भएकोमा सोमबार ६ अर्ब ७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भयो।

मुख्य विवरण:

कम्पनी अवस्था: ३५ वटाको मूल्य बढ्यो, २३५ को घट्यो र ५ वटाको स्थिर रह्यो।
उपसमूह: बैंकिङ (०.१०%) बाहेक सबै उपसमूह घटे। उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै २.३०% ले ओरालो लाग्यो।
धेरै कमाउने: नयाँ सूचीकृत एभरेस्ट कलरको मूल्य १५% ले बढ्यो।
धेरै गुमाउने: आत्मनिर्भर लघुवित्तको मूल्य १३.३८% ले घट्यो।
उत्कृष्ट कारोबार: रिलायन्स स्पिनिङ मिल्स, ग्लोबल आईएमई बैंक र रिडी पावर रकमका आधारमा अगाडि रहे।