

कास्की, साउन ३ गते । पोखरा महानगरपालिकाले बसपार्क क्षेत्रका सुकुम्बासी र अव्यवस्थित बसोबासीको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ। महानगर प्रमुख धनराज आचार्यका अनुसार सूचीमा कुल ५ सय ७४ परिवार समेटिएका छन्।
बसोबासीको वर्गीकरण:
- भूमिहीन दलित र सुकुम्बासी: २ सय ८६ परिवार
- अव्यवस्थित बसोबासी: २ सय ३३ परिवार
- विवरण दोहोरो परेका / मेल नखाएका: ५५ परिवार
दाबी-विरोधका लागि ७ दिनको समय
सार्वजनिक नामावलीमा कुनै दाबी-विरोध वा विवरण सच्याउनु परेमा ७ दिनभित्र आवश्यक कागजातसहित महानगरको प्रशासन महाशाखामा निवेदन दिन सकिनेछ। छानबिनपछि आगामी साउन १० गते अन्तिम नामावली प्रकाशन गरिने महानगरले जनाएको छ।
वास्तविक सुकुम्बासी पहिचान, जग्गा खोजी र दाबी छानबिनका लागि गत जेठ १२ गते पूर्वन्यायाधीश शङ्कर बराल, वडाध्यक्ष राधिका शाही योगी र प्रशासन प्रमुख कृष्णप्रसाद तिवारीको संयोजकत्वमा तीनवटा छुट्टाछुट्टै समितिहरू गठन गरिएका थिए।
अतिक्रमणको चपेटामा बसपार्क
विसं २०३२ मा आधुनिक बसपार्कका लागि १९६ रोपनी जग्गा अधिग्रहण गरिएको भए पनि हाल १ सय ८७ रोपनी मात्र बाँकी छ। त्यसमध्ये पनि महानगरको पूर्ण नियन्त्रणमा २६ रोपनी मात्र रहेको छ। महानगरले हालसम्म यस क्षेत्रका ५ सय २० वटा अवैध संरचनाहरू हटाइसकेको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!























