काठमाडौँ, कात्तिक १० गते । बङ्गालको खाडीमा विकसित भइरहेको ‘अर्नब’ चक्रवातको प्रभाव नेपालमा पनि पर्ने देखिएपछि सुरक्षा निकाय तथा सम्बन्धित निकायले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई उद्धृत गर्दै नेपाल प्रहरीले जारी गरेको सूचना अनुसार आगामी कात्तिक १३ देखि १५ गतेसम्म देशका धेरैजसो स्थानमा मौसम प्रतिकूल रहनेछ। चक्रवातको प्रभावले विशेष गरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघ-गर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा समेत हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ।
प्रतिकूल मौसमको यसै अवधिमा देशका उच्च पहाडी तथा हिमाली भू-भागहरूमा भारी हिमपात, हिम-आँधी तथा हिम-पहिरोको उच्च जोखिम रहेको छ। यसले पर्वतारोहण, पदयात्रा तथा जन-जीवनलाई प्रत्यक्ष प्रभावित पार्न सक्ने भएकाले विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ। मौसममा आएको यो अचानकको फेरबदललाई मध्यनजर गर्दै सम्भावित विपद्जन्य घटनाबाट बच्न र सतर्क रहन सबैलाई अपिल गरिएको छ।

आपत्कालीन अवस्थामा सहयोग तथा जानकारी लिनका लागि मौसमसम्बन्धी जानकारीका लागि ११५५, विपद् सहायताका लागि १२३४, नेपाल प्रहरीलाई १०० र पर्यटक प्रहरीलाई ११४४ नम्बरमा सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको छ। मौसमको स्थिति सुधार नभएसम्म उच्च जोखिमयुक्त क्षेत्रमा यात्रा नगर्न र सुरक्षित स्थानमा रहन सरोकारवालाहरूलाई सूचित गरिएको छ।
| विवरण | तथ्य / जानकारी |
| मौसम प्रणाली | बङ्गालको खाडीमा विकसित ‘अर्नब’ चक्रवात |
| प्रभावित हुने अवधि | आगामी कात्तिक १३ देखि १५ गतेसम्म |
| वर्षाको सम्भावना भएका क्षेत्रहरू | कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश (भारी वर्षा), कर्णाली र सुदूरपश्चिम (हल्कादेखि मध्यम) |
| उच्च जोखिम | उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरो |
| सम्पर्क नम्बरहरू | मौसम जानकारी (११५५), विपद् सहायता (१२३४), नेपाल प्रहरी (१००), पर्यटक प्रहरी (११४४) |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!





प्रतिक्रिया दिनुहोस्