काठमाडौँ, कात्तिक १० गते। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ एसिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष अनुप्रयोग सम्बन्धी पाँचौँ मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन मंगलबार दिउँसो थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गर्नुभएको छ।
संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक र सामाजिक आयोग (यूएन इएससीएपी) द्वारा आयोजित उक्त सम्मेलनलाई मन्त्री श्रेष्ठले बुधबार सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ। भ्रमण टोलीमा जल तथा मौसम विज्ञान विभागकी महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला र जलवायु तथा विपद् विज्ञ अंकिता शाह पनि सहभागी हुनुहुन्छ।
सम्मेलनको सिलसिलामा बिहीबार थाइल्याण्ड, नेपाल र यूएन इएससीएपीले संयुक्त रूपमा आयोजना गर्ने ‘सगरमाथादेखि सागरसम्मः एसिया–प्रशान्त क्षेत्रमा शृङ्खलाबद्ध विपद् रोक्न नेपालको भोटेकोशी–त्रिशूली घटनाले सिकाएका पाठहरू’ विषयक कार्यशालालाई समेत मन्त्री श्रेष्ठले सम्बोधन गर्नुहुनेछ। मन्त्रीका प्रमुख स्वकीय सचिव सञ्जीव महर्जनका अनुसार भ्रमणका क्रममा मन्त्री श्रेष्ठले विभिन्न देशका मन्त्रीहरूसँग साइडलाइन वार्ता गर्नुका साथै विपद् पूर्वसूचना प्रणाली, क्षेत्रीय स्याटेलाइटको नि:शुल्क प्रयोग र जलवायु क्षतिपूर्तिको मुद्दा प्रमुखताका साथ उठाउनुहुनेछ।
विभिन्न देशका प्रतिनिधिहरूसँगको उच्चस्तरीय भेटघाट र नेपालको विपद् व्यवस्थापनसम्बन्धी अनुभव आदानप्रदानपछि मन्त्री श्रेष्ठ आगामी शनिबार स्वदेश फर्किनुहुने कार्यतालिका रहेको छ। यस सम्मेलनले नेपालको जलवायु परिवर्तनजन्य मुद्दा तथा विपद् जोखिम न्यूनीकरणका एजेण्डालाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
| विवरण | तथ्य / जानकारी |
| भ्रमण गर्ने मन्त्री | विराजभक्त श्रेष्ठ (ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री) |
| गन्तव्य तथा कार्यक्रम | बैंकक, थाइल्याण्ड (पाँचौँ मन्त्रीस्तरीय सम्मेलन तथा विशेष कार्यशाला) |
| आयोजक | संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक र सामाजिक आयोग (यूएन इएससीएपी) |
| प्रमुख एजेण्डा | विपद् पूर्वसूचना प्रणाली, स्याटेलाइटको नि:शुल्क प्रयोग र जलवायु क्षतिपूर्ति |
| भ्रमण टोलीका अन्य सदस्यहरू | अर्चना श्रेष्ठ, देवचन्द्र गड्तौला र अंकिता शाह |
| फर्कने मिति | आगामी शनिबार |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!








प्रतिक्रिया दिनुहोस्