

पश्चिम नवलपरासी, असार २३ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) ले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहँदै आएका २४ जना प्रतिवादीहरूलाई पक्राउ गरेको छ।
अदालतको फैसला कार्यान्वयन गराउने विशेष अभियान अन्तर्गत प्रहरीले खोजतलास गरी उनीहरूलाई सुनवल, बर्दघाट, सरावल र रामग्राम क्षेत्रबाट पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा चेक अनादर (चेक बाउन्स), चोरी, डाँका, बहुविवाह र सवारी ज्यान लगायतका मुद्दाका कसुरदारहरू रहेका छन्।
पक्राउ परेका सबै २४ जनाबाट कुल ११ महिना २३ दिन कैद सजाय र ३१ लाख ३ सय ६६ रूपियाँ जरिवाना असुल हुन बाँकी थियो। उनीहरूलाई आवश्यक कारबाही र फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा उपस्थित गराइसकिएको प्रहरीले जनाएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

























