

रामपुर (पाल्पा), असार १८ गते । रामपुर नगरपालिकाले तीन वा सोभन्दा बढी सन्तान जन्माउने परिवारका तेस्रो र त्यसपछिका सन्तानलाई पाँच वर्षसम्म मासिक १,००० रुपियाँ प्रोत्साहन भत्ता दिने नीति पारित गरेको छ । चालु आर्थिक वर्षमा मासिक ५०० रुपियाँ दिँदै आएकोमा आगामी आवदेखि यसलाई बढाएर १,००० रुपियाँ बनाइएको हो।
जनसङ्ख्या वृद्धिदर घट्दै गएको, दक्ष युवाशक्ति पलायन भइरहेको र दीर्घकालीन श्रमशक्ति तथा सामाजिक सन्तुलनमा जोखिम देखिएकाले यो नीति ल्याइएको नगरप्रमुख रमणबहादुर थापाले बताउनुभयो । यो रकम बालबालिकाको नाममा बालबचत खाता खोली नियमित जम्मा गरिनेछ।
उपप्रमुख बालकुमारी थापाका अनुसार यसका लागि आगामी आवका लागि बजेट बढाएर ५ लाख रुपियाँ व्यवस्था गरिएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

































