06/09/2026, 17:57:26
मङ्गलबार, जेठ २६, २०८३

पृथ्वी राजमार्गको गल्छीमा पर्यटक माइक्रो र कार ठोक्किँदा सात जना घाइते


धादिङ, जेठ २६ गते । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका–७, गल्छी बजारमा पर्यटक माइक्रो र कार आपसमा ठोक्किँदा सात जना घाइते भएका छन्।

मङ्गलबार दिउँसो करिब १२:४० बजे काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको ग. १ प. २०७ नम्बरको पर्यटक माइक्रो र विपरीत दिशाबाट आउँदै गरेको बा.प्र. ०१–०२७ च. ५१३६ नम्बरको कार आपसमा ठोक्किएर दुर्घटना भएको हो।

blog

दुर्घटनामा दुवै सवारी साधनमा सवार सात जना घाइते भएका छन्। घाइतेहरूको बैरेनी अस्पताल र स्मारिका मेडिकल हल गल्छीमा सामान्य उपचार गरिएको थियो। उनीहरूलाई थप उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ। प्रहरीले दुवै सवारी साधन र माइक्रो चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।