काठमाडौँ, जेठ १३ गते । सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ । बुधवार प्रतिनिधिसभामा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले चालु आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण सार्वजनिक गरेका हुन् ।
उनले सार्वजनिक गरेको सर्वेक्षणअनुसार विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितता र भू–राजनीतिक तनावका बिच नेपालको समग्र अर्थतन्त्रका सूचकहरू मिश्रित देखिको उल्लेख गरिएको छ ।
त्यस्तै, बाह्य क्षेत्र (विदेशी मुद्रा सञ्चिति र विप्रेषण) उत्साहजनक देखिए पनि आन्तरिक उत्पादन र राजस्व सङ्कलनमा अझै चुनौती कायम रहेको सर्वेक्षणले औँल्याएको छ ।
भर्खरै सम्पन्न नेपालको सार्वभौम क्रेडिट रेटिङमा नेपालले प्राप्त गरेको कुरालाई अर्थतन्त्रको सकारात्मक सन्देशको रूपमा लिइएको छ । चालु आर्थिक वर्षमा ३.८५ प्रतिशतको आर्थिक वृद्धिदर हुने अनुमान सरकारले गरेको छ । त्यस्तै, चालु वर्षमा अर्थतन्त्रको आकार ६६ खर्ब रुपैयाँको पुग्ने अनुमान पनि सरकारको छ ।


त्यस्तै, अन्य आर्थिक सूचकहरू
– प्रतिव्यक्ति आय १ हजार ५३५ अमेरिकी डलर पुग्ने।
– गण्डकी र बागमती प्रदेश बाहेक अन्य प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा न्यून रहने।
– कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २४ प्रतिशत रहने।
– सङ्घीय खर्च १०.४ प्रतिशतले बढे पनि पुँजीगत खर्चमा उल्लेख्य सुधार हुन नसकेको।
– कुल सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब। कुल गार्हस्थ्य उत्पादनको ४३.६ प्रतिशत पुगेको छ।
– व्यापार घाटा ११.२ प्रतिशतले बढेर १० खर्ब ९८ अर्ब पुगेको छ।
– विदेशी विनिमय सञ्चिति ३४ खर्ब १४ अर्ब रहेको छ । १८.५ महिनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त।
क्षेत्रगत योगदान
– अर्थतन्त्रमा कृषिको योगदान २४.० प्रतिशत र गैर कृषि क्षेत्रको ७६.० प्रतिशत रहने
– अर्थतन्त्रमा प्राथमिक, द्वितीयक र सेवा क्षेत्रको योगदान क्रमशः २४.४६ प्रतिशत, १३.७३ प्रतिशत र ६१.८१ प्रतिशत रहने ।
– बागमती प्रदेशले कुल जीडीपीमा सबैभन्दा बढी (३६.७ प्रतिशत) र कर्णालीले सबैभन्दा कम (४.२ प्रतिशत) योगदान गर्ने
उपभोग र मूल्यवृद्धि (मुद्रास्फीति)
– नेपालको अर्थतन्त्रमा उपभोगको हिस्सा उच्च नै छ ।
– कुल उत्पादनको ९०.३ प्रतिशत हिस्सा उपभोगमा खर्च हुने
– कुल उपभोगमा निजी क्षेत्रको ९१.२६ प्रतिशत, सरकारी क्षेत्रको ६.६२ प्रतिशत र गैरसरकारी क्षेत्रको २.१२ प्रतिशत हिस्सा
– विश्व बजारमा मूल्यवृद्धिको चाप रहे पनि नेपालमा भने मुद्रास्फीति वाञ्छित सीमा भित्रै रहने
– फागुनसम्म औसत उपभोक्ता मुद्रास्फीति २.१३ प्रतिशत
बाह्य क्षेत्र : व्यापार, विप्रेषण र विदेशी मुद्रा सञ्चिति
– विदेशी मुद्रा सञ्चितिमा ऐतिहासिक रेकर्ड: विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च बिन्दुमा
– फागुनसम्म कुल सञ्चिति ३४ खर्ब १३ अर्ब ७७ करोड पुगेको, जसले १८.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ।
– रेमिट्यान्स आप्रवाह ३७.७ प्रतिशतले बढेर १४ खर्ब ४९ अर्ब ७० करोड
– शोधनान्तर स्थिति ६ खर्ब ५८ अर्ब र चालु खाता ५ खर्ब ५२ अर्ब ८५ करोडले बचतमा
– व्यापार घाटा : वस्तु व्यापार घाटा ११.२ प्रतिशतले वृद्धि भई १० खर्ब ९८ अर्ब १४ करोड
– कुल व्यापारमा निर्यातको हिस्सा १२.९ प्रतिशत मात्र छ।
सार्वजनिक वित्त र ऋणको अवस्था
– बजेट र राजस्व : चालु वर्षको फागुनसम्म सङ्घीय खर्च १०.४ प्रतिशत र राजस्व ३.२ प्रतिशतले वृद्धि
– सङ्घीय सरकारको वित्त सन्तुलन ५८ अर्ब १ करोडले घाटामा छ।
– सार्वजनिक ऋण : देशको कुल सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब ३० करोड
– आन्तरिक ऋण ४६.८ प्रतिशत र बाह्य ऋण ५३.२ प्रतिशत
– कुल गार्हस्थ्य उत्पादनको तुलनामा सार्वजनिक ऋण ४३.६ प्रतिशत पुगेको छ।
बैङ्किङ क्षेत्र तथा पुँजी बजार
– बैङ्किङ पहुँच र कर्जा : फागुनसम्म निक्षेप खाता ६ करोड २० लाख र कर्जा खाता २० लाख ४० हजार पुगेको
– मोबाइल बैङ्किङ प्रयोगकर्ता करिब ३ करोड पुग्न
– निक्षेप ६.६४ प्रतिशतले बढ्दा निजी क्षेत्रतर्फको कर्जा ४.४ प्रतिशतले वृद्धि
– बैङ्कहरूमा निष्क्रिय कर्जाको औसत अनुपात ५.४२ प्रतिशत पुगेको छ।
– सेयर बजार : नेप्से सूचकाङ्क २८२०.४५ बिन्दुमा पुगेको छ
– कुल बजार पुँजीकरण ४७ खर्ब ४४ अर्ब पुगेको छ ।
– डिम्याट खाता खोल्नेको सङ्ख्या ७६ लाख ३९ हजार पुगेको छ । जुन कुल जनसङ्ख्याको २६ प्रतिशत हो ।
गरिबी, रोजगारी र सामाजिक सुरक्षा
– गरिबी : निरपेक्ष गरिबी २०.२७ प्रतिशत र बहुआयामिक गरिबी १७.४ प्रतिशतमा झरेको छ ।
– सामाजिक सुरक्षा : सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राही ३६ लाख ४१ हजार पुगेका छन्।
– योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा २८ लाख ५० हजार श्रमिक आबद्ध छन्।
– विदेशी रोजगारी : वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ६९ लाख नाघेको छ
– चालु वर्षमा मात्र २ लाख ७३ हजार नयाँ र २ लाख ५१ हजारले पुनः श्रम स्वीकृति लिएका छन्।
– राष्ट्रिय परिचयपत्र : हालसम्म २ करोड १ लाखको विवरण सङ्कलन भएकोमा ४० लाख ३३ हजारलाई राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ।
स्वास्थ्य, शिक्षा र मानव विकास
– स्वास्थ्य : मातृ मृत्युदर प्रति लाख जीवित जन्ममा १५१ मा झरेको छ
– बाल मृत्युदर ३१ रहेको छ। २१ लाख ४८ हजार नागरिक स्वास्थ्य बिमामा आबद्ध छन् ।
– सरकारी अस्पतालको सङ्ख्या ८,९७६ पुगेको छ।
पूर्वाधार, ऊर्जा, कृषि र पर्यटन
– सडक र यातायात : मुलुकभर १ लाख ४ हजार ९ सय ६ किमी सडक विस्तार
– टेलिफोन घनत्व १०३.२ प्रतिशत र इन्टरनेट पहुँच १४५.७ प्रतिशत पुगेको छ।
– ऊर्जा : ९९.१ प्रतिशत जनसङ्ख्यामा विद्युत् पहुँच पुगेको छ ।
– कुल जडित क्षमता ४ हजार १०५ मेगावाट पुगेको छ
– भारततर्फ २९१८ गिगावाट घण्टा विद्युत् निर्यात भएको छ ।
– उद्योग र पर्यटन : चालु वर्षमा उद्योग विभाग र लगानी बोर्डमार्फत ४ खर्ब ९२ अर्बको लगानी स्वीकृत भएको छ ।
– पर्यटनमा सुधार आउँदै सन् २०२५ मा ११ लाख ६२ हजार पर्यटक नेपाल भित्रिने र उनीहरूको औसत बसाई १६.३४ दिन पुग्ने अनुमान छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!




























