

काठमाडौँ, असोज ५ गते । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएका नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि आर्थिक सहयोग जुट्ने क्रम तीव्र बनेको छ। नेपाल सरकारद्वारा सञ्चालित प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा विभिन्न सङ्घसंस्था तथा सर्वसाधारणबाट रकम जम्मा हुने क्रम बढ्दै गएको हो।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका अनुसार हाल कोषमा कूल रु १४ अर्ब ८८ करोड ९० लाख ३८ हजार ८७१ मौज्दात रहेको छ। सरकारले बाढी प्रभावित क्षेत्रमा तत्काल राहत तथा उद्धार कार्यका लागि कोषमा जम्मा भएको रकममध्येबाट रु एक अर्बभन्दा बढी निकासा गरिसकेको छ।
उक्त सहयोग रकम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट प्राप्त भइरहेको छ। कार्यालयका अनुसार कोषका लागि तोकिएका विभिन्न नौ वटा वाणिज्य बैङ्कहरूमा नेपाली रुपियाँ र हिमालयन बैङ्क तथा लक्ष्मी सनराइज बैङ्कमा अमेरिकी डलर खाता सञ्चालन गरी सहयोग सङ्कलन भइरहेको छ।
बैङ्कहरूमा रहेको खातामध्ये नेपाली रुपियाँ खातामा रु ११ अर्ब १४ करोडभन्दा बढी र डलर खातामा दुई करोड ४४ लाखभन्दा बढी अमेरिकी डलर जम्मा भइसकेको छ। यसरी जुटिरहेको सहयोगले बाढी प्रभावित क्षेत्रमा राहत वितरण र पुनर्निर्माणका कार्यलाई थप प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास लिइएको छ।
| क्र.सं. | विवरण / शीर्षक | रकम तथा सङ्ख्या |
| १ | कोषमा कुल हालको मौज्दात | रु १४ अर्ब ८८ करोड ९० लाख ३८ हजार ८७१ |
| २ | प्रभावित क्षेत्रका लागि निकासा रकम | रु १ अर्ब |
| ३ | ९ वटा वाणिज्य बैङ्कमा जम्मा रकम | रु ११ अर्ब १४ करोड २० लाख ५० हजार ९४७ |
| ४ | डलर खातामा जम्मा रकम | २ करोड ४४ लाख ७४ हजार १२१ अमेरिकी डलर |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
































