काठमाडौँ, असोज ८ गते । सङ्घीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) को बैठक बिहीबार बस्दैछ। बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।
प्रतिनिधिसभाको सोही बैठकमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नुहुनेछ। विधेयकमाथिको सैद्धान्तिक छलफल र प्रस्तुतिका कारण आजको प्रतिनिधिसभा बैठकलाई महत्त्वका साथ हेरिएको छ।
यसैगरी, राष्ट्रियसभाको बैठक अपराह्न १:१५ बजे बस्ने कार्यसूची रहेको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले लोक सेवा आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गर्नुहुनेछ भने सम्बन्धित मन्त्रीहरूले मौखिक प्रश्नहरूको उत्तर दिनुहुनेछ।
सदनका बैठकहरूसँगै आज विभिन्न पाँच वटा विषयगत संसदीय समितिका बैठकहरू पनि बस्दैछन्। जसमा राज्य व्यवस्था, कृषि, शिक्षा तथा स्वास्थ्य, विकास र संसदीय सुनुवाइ समितिका बैठकहरू समावेश रहेका छन्।
संसद् र समिति बैठकहरूको कार्यसूची
| निकाय / सदन | बैठक समय | मुख्य कार्यसूची / विषय |
| प्रतिनिधिसभा | बिहान ११:०० बजे | • ‘निःशुल्क कानुनी सहायता विधेयक, २०८३’ प्रस्तुति • ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३’ माथि विचार गरियोस् प्रस्ताव |
| राष्ट्रियसभा | अपराह्न १:१५ बजे | • राष्ट्रपति कार्यालयको पत्र पठन • मन्त्रालयगत मौखिक प्रश्नोत्तर • लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस • विकास, आर्थिक मामिला तथा सुशासन समितिको प्रतिवेदन पेस |
| संसदीय समितिहरू | दिनभर | • कृषि तथा प्राकृतिक स्रोत समिति • राज्य व्यवस्था तथा सुशासन समिति • शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति • विकास, आर्थिक मामिला तथा सुशासन समिति • संसदीय सुनुवाइ समिति |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!





































