09/24/2026, 16:22:05
बिहिबार, असोज ०८, २०८३
सेयर बजारमा सुधार

नेप्से ११.७७ अङ्कले बढ्यो, कारोबार रकम ५ अर्ब ४४ करोडमा सीमित


काठमाडौँ, असोज ८ गते । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बिहीबार ११.७७ अङ्कले बढेर २६२९ विन्दुमा कायम भएको छ। बजार परिसूचकमा सुधार देखिए पनि कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा केही गिरावट आएको छ।

अघिल्लो कारोबार दिन ६ अर्ब ३५ करोड रुपियाँ बराबरको सेयर खरिदबिक्री भएकोमा आज कुल ५ अर्ब ४४ करोड रुपियाँको कारोबार भएको छ। आज कारोबारमा आएकामध्ये १७६ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ९५ वटा कम्पनीको मूल्य घटेको छ र ७ वटा कम्पनीको मूल्य स्थिर रहेको छ।

समूहगत परिसूचकतातर्फ निर्जीवन बीमा समूहबाहेक बाँकी सबै उपसमूहहरू हरियाली बनेका छन्। सबैभन्दा बढी उत्पादन तथा प्रशोधन समूह १.८३ प्रतिशतले उकालो लागेको छ। यस समूहका नेपाल ल्युब आयल, सोनापुर मिनरल्स, घोराही र पाल्पा सिमेन्टजस्ता कम्पनीहरूको सेयर मूल्य बढ्दा समग्र सूचक उकालो लागेको हो।

आज नेपाल ल्युब आयलको सेयर मूल्य सबैभन्दा बढी १२.४७ प्रतिशतले बढेको छ भने मिड सोलु हाइड्रोपावरको मूल्य ११.५८ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा भने शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी र सानिमा मिडिल तमोर क्रमशः अगाडि रहेका छन्।

शीर्ष कमाउने कम्पनीहरू (Top Gainers)

कम्पनीको नाममूल्य वृद्धि (%)
नेपाल ल्युब आयल+१२.४७%
सोनापुर मिनरल्स+७.६५%
घोराही सिमेन्ट+७.०७%
सीवाईसी लघुवित्त+६.४७%
उन्नति सहकार्य लघुवित्त+४.६७%
पाल्पा सिमेन्ट+३.६०%
त्रिशूली जलविद्युत+३.०४%

शीर्ष गुमाउने कम्पनीहरू (Top Losers)

कम्पनीको नाममूल्य गिरावट (%)
मिड सोलु हाइड्रोपावर-११.५८%
धौलागिरि लघुवित्त-१०.९८%
हाथवे इन्भेस्टमेन्ट-३.४३%