09/24/2026, 08:47:33
बिहिबार, असोज ०८, २०८३

भोटेकोशी बाढी: १३ जलविद्युत् आयोजनाका ९२६ कामदार अझै बेपत्ता, उद्धार तीव्र


काठमाडौँ, असोज ८ गते । भोटेकोशीमा आएको विनाशकारी बाढीले जलविद्युत् आयोजनाका सुरुङ तथा भौतिक संरचनामा ठुलो क्षति पुर्‍याएपछि त्यहाँ कार्यरत ९२६ जना कामदार तथा प्राविधिक अझै सम्पर्कविहीन रहेका छन्। १३ वटा जलविद्युत् आयोजनाका कुल दुई हजार १२० जनशक्तिमध्ये हालसम्म एक हजार १५५ जनाको सकुशल उद्धार गरिएको छ भने ३९ जनाको शव फेला परेको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार आयोजनामा कार्यरत कुल जनशक्तिको करिब ५६ प्रतिशतको उद्धार भइसकेको छ। सबैभन्दा बढी २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ आयोजनाका ५५६ जना कामदार अझै सम्पर्कविहीन छन्, जहाँको अडिट–३ सुरुङबाट हालसम्म २४ जनाको शव निकालिएको छ।

त्यस्तै ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ ‘बी’ का १९१ जना र १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाका ९३ जना कामदार बेपत्ता रहेका छन्। अन्य साना तथा मध्यम आयोजनाहरूमा पनि केही कामदारहरू अझै सम्पर्कविहीन रहेकाले खोजी कार्य जारी राखिएको छ।

नेपाली सेनाले हवाई, जमिन र सुरुङ गरी तीनै तहबाट खोज तथा उद्धार कार्य सञ्चालन गरिरहेको छ। हवाई माध्यमबाट चार हजार २३० जना (२८३ विदेशी नागरिकसहित) को उद्धार सम्पन्न भइसकेकाले अब सेनाले सुरुङ तथा जोखिमयुक्त जमिनभित्रको खोज र उद्धारलाई मुख्य प्राथमिकता दिएको छ।

जलविद्युत् आयोजना अनुसार जनशक्ति र क्षति स्थिति

आयोजनाको नामक्षमताकुल जनशक्तिउद्धार संख्यामृतक संख्याबेपत्ता/सम्पर्कविहीन
माथिल्लो त्रिशूली–१२१६ मे.वा.१,४३३८८७२४५५६
माथिल्लो त्रिशूली–३ ‘बी’३७ मे.वा.२१३२२१९१
रसुवागढी जलविद्युत्१११ मे.वा.१००९३
माथिल्लो त्रिशूली–३ ‘ए’६० मे.वा.७५३५३९
लाङटाङखोला साना जलविद्युत्६०१९३६
अन्य आयोजनाहरू (मैलुङ, चिलिमे आदि)११
त्रिशूली र देवीघाट आयोजना३८ मे.वा.१८४१८१
जम्मा (सबै १३ आयोजना)२,१२०१,१५५३९९२६