काठमाडौँ, असोज ८ गते । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले भोटेकोशी बाढीबाट प्रभावित एवं विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना सञ्चालनमा ल्याइएको बताउनुभएको छ।
प्रतिनिधिसभाको बैठकमा वक्तव्य दिँदै मन्त्री बादीले बाढीबाट अभिभावक गुमाएका वा बेपत्ता भएका बालबालिकालाई प्राथमिकताका साथ खोजी, उद्धार र संरक्षण गरिने जानकारी दिनुभयो।
मन्त्री बादीका अनुसार बाढीमा अभिभावक गुमाएका बालबालिकालाई १८ वर्ष नपुग्दासम्म उचित संरक्षण, पोषण र स्वास्थ्य उपचारका साथै कम्तीमा १२ कक्षासम्मको शिक्षा र सामाजिक सुरक्षाको व्यवस्था सरकारले गर्नेछ। प्रभावित १५ स्थानीय तहमा समन्वय संयन्त्र गठन गरी ४० स्थानमा बालमैत्री केन्द्रहरू सञ्चालनमा ल्याइसकिएको छ।
यसैगरी, सडक सम्पर्क विच्छेद भएका दुर्गम क्षेत्रमा रहेका जोखिमयुक्त गर्भवती तथा सुत्केरी महिलाहरूका लागि हवाई उद्धारको व्यवस्था गरिएको छ। हालसम्म ११ जना जटिल अवस्थाका गर्भवती तथा सुत्केरी महिला र नवजात शिशुको हवाई उद्धार गरी काठमाडौँस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा उपचार गराइएको छ।
मन्त्री बादीले बालबालिकाको ओसार-पसार वा स्थानान्तरण राष्ट्रिय बाल अधिकार परिषद्को सहमति र स्थानीय तहका बाल कल्याण अधिकारीको सिफारिसविना गर्न नपाइने र गरेमा गैरकानुनी हुने स्पष्ट पार्नुभयो। साथै प्रभावित ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूलाई सुरक्षित आश्रय, स्वास्थ्य उपचार र मनोसामाजिक परामर्शको व्यवस्था मिलाइएको उहाँले बताउनुभयो।
मन्त्रालयद्वारा सञ्चालित मुख्य राहत तथा संरक्षण कार्यक्रमहरू
| लक्षित वर्ग / क्षेत्र | सञ्चालित कार्यक्रम तथा मुख्य व्यवस्था |
| अभिभावक गुमाएका बालबालिका | १८ वर्ष नपुग्दासम्म पालनपोषण, स्वास्थ्य उपचार र कम्तीमा १२ कक्षासम्मको निःशुल्क शिक्षा। |
| बालमैत्री केन्द्र र अस्थायी आश्रय | १५ स्थानीय तहमा ४० वटा बालमैत्री केन्द्र र ललितपुरको ठेचोमा अस्थायी संरक्षण सेवा। |
| गर्भवती तथा सुत्केरी महिला | हवाई उद्धार सेवा (हालसम्म ११ जना जटिल अवस्थाका महिला तथा शिशुको उद्धार)। |
| महिला तथा किशोरी सेफ हाउस | नुवाकोट र धादिङमा १० वटा सुरक्षितस्थल तथा बूढानीलकण्ठमा अस्थायी आश्रयस्थल। |
| ज्येष्ठ नागरिक संरक्षण | देवीघाटबाट विस्थापित ज्येष्ठ नागरिकलाई सुरक्षित वैकल्पिक स्थान, स्वास्थ्य र मनोसामाजिक परामर्श। |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!



































