काठमाडौँ, असोज ५ गते । विभिन्न प्रकृतिका व्यावसायिक सिप र सेवा बेचेर नेपालीले घरमै बसी विदेशी मुद्रा आर्जन गरिरहेका छन्।
नेपाल राष्ट्र बैंकका अनुसार साउन महिनामा मात्रै विभिन्न पाँच प्रकृतिका व्यावसायिक सेवा बिक्री गरेर नेपालीले छ अर्ब ८१ करोड ६४ लाख रुपियाँ आम्दानी गरेका छन्। गत वर्ष साउनको तुलनामा यस वर्ष साउनमा यो आम्दानी एक अर्ब ११ करोड रुपियाँले बढेको हो।
नेपालीहरूले खासगरी अनुसन्धान र विकास, व्यावसायिक तथा व्यवस्थापन परामर्श, प्राविधिक र व्यापार सम्बन्धित सेवा, श्रव्यदृश्य, एवं सांस्कृतिक तथा मनोरञ्जनात्मक सेवा निर्यात गरेर रकम भित्र्याएका हुन्। यसबाहेक आइटी (कम्प्युटर र सूचना) सेवाबाट एक अर्ब ६१ करोड र भ्रमण (पर्यटन) शीर्षकबाट पाँच अर्ब ४३ करोड रुपियाँ आम्दानी भएको छ।
अर्कोतर्फ, व्यावसायिक सेवा खरिद तथा वैदेशिक भ्रमणका कारण ठूलो रकम बाहिरिने पनि गरेको छ। साउन महिनामा मात्र विदेशी व्यावसायिक सेवा खरिदमा तीन अर्ब ५३ करोड रुपियाँ र अध्ययन, घुमघाम, वैदेशिक रोजगारी लगायतका भ्रमण शीर्षकमा १५ अर्ब ९२ करोड रुपियाँ बाहिरिएको राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ।
साउन महिनाको वैदेशिक सेवा आम्दानी तथा खर्चको स्थिति
| क्र.सं. | शीर्षक / सेवाको प्रकृति | आम्दानी (रू.) | बाहिरिएको रकम (रू.) |
| १ | व्यावसायिक र व्यवस्थापन परामर्श सेवा | ३ अर्ब १८ करोड | – |
| २ | प्राविधिक, व्यापार सम्बन्धित र अन्य व्यावसायिक सेवा | २ अर्ब ३६ करोड | ३ अर्ब ९ करोड |
| ३ | पाँच मुख्य व्यावसायिक सेवा (कुल) | ६ अर्ब ८१ करोड ६४ लाख | ३ अर्ब ५३ करोड |
| ४ | कम्प्युटर तथा सूचना (आइटी) सेवा | १ अर्ब ६१ करोड | – |
| ५ | भ्रमण (पर्यटन/व्यक्तिगत/व्यावसायिक) | ५ अर्ब ४३ करोड | १५ अर्ब ९२ करोड |
| ६ | सबै प्रकृतिका सेवा (कुल) | १८ अर्ब ५३ करोड | – |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!































