05/13/2026, 15:03:06
बुधबार, बैशाख ३०, २०८३

कुटपिटबाट श्रीमतीको मृत्यु


रेसुङ्गा (गुल्मी), वैशाख ३० गते । गुल्मीको इस्मामा श्रीमान्‌को कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । इस्मा गाउँपालिका–६, अमरपुरका ४५ वर्षीय थम्मनबहादुर कुमालले ४३ वर्षीया श्रीमती यनी भन्ने सावित्रा कुमालको मृत्युभएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिनुभयो।

मङ्गलबार राति मादक पदार्थ सेवन गरेर दम्पतिबिच विवाद भएको थियो। सोहीक्रममा थम्मनले सावित्रालाई निर्घात कुटपीट गरेका थिए । कुटपीटबाट सावित्राको टाउकोमा चोटको साथै करङ्ग भाँचिएको सारुले बताउनुभयो।

घाइते कुमालको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न श्रीमान्‌लाई प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढाएको जनाएको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..