04/30/2026, 14:59:49
बिहिबार, बैशाख १७, २०८३

जलजला–सिसाखानी सडक स्तरोन्नति


ढोरपाटन (बागलुङ), १७ वैशाख । जलजला–सिसाखानी सडक आठ वर्षपछिस्तरोन्नति प्रारम्भ भएको छ ।

पहिलो चरणमा गण्डकी प्रदेश सरकारले पूर्वाधार विकास कार्यालयमार्फत छ किलोमिटर सडक ग्राभेल गर्न थालिएको हो । यसअघि रु एक करोड ७६ लाख खर्चेर दुई किलोमिटर यो सडकको एक खण्ड विस्तार गरिएको थियो ।

पूर्वाधार विकास कार्यालयले यो वर्ष पनि रु एक करोड आठ लाख विनियोजन गरेकाले बाँकी चार किलोमिट खण्डमा धमाधम विस्तार थालिएको उक्त कार्यालयका इन्जिनियर चन्द्रबहादुर पुनले जानकारी दिए ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..