

सुलीकोट, वैशाख १३ गते ।गोरखामा सिङ्गुसले चिलेर १० जना भन्दा बढी व्यक्ति घाइते भएका छन् ।
गोरखा नगरपालिका-११, रानीदीटोलमा सिङ्गुसले चिलेर १० जना भन्दा बढी व्यक्ति घाइते भएका स्थानीय युवा सुरेन लामिछानेले जानकारी दिनुभयो ।
उहाँका अनुसार सिङ्गुसले विशेषगरी तेह्रकिलो -छेपेटार सडकखण्ड हुँदै आवतजावत गर्नेलाई समुहमा आएर आक्रमण गर्ने गरेको उहाँले बताउनुभयो ।
उक्त सडक खण्डमा मोटरसाइकल वा स्कुटर चालकहरू बढी प्रभावित बनेका स्थानीयले बताएका छन् ।सिङ्गुसले चिलेर एक जना स्कुटर चालक लड्नुभयो। स्थानीय कुमार अम्गाईले भन्नुभयो, “स्कुटर चालकको उद्धार गर्न जाँदा आफ्नो परिवारका तीन जना सदस्य अन्य सात जना भन्दा बढी आक्रमणमा परी जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।”
यस घट्नाले उक्त क्षेत्रका बासिन्दामा ठुलो त्रास सिर्जना गरेको छ । घर बाहिर निस्कन मात्र होइन, घर भित्र बस्दा पनि असुरक्षित महसुस भइरहेको आधिकांश स्थानीको गुनासो छ ।
सिङ्गुसको गोलो घार कहाँ छ भन्ने अझै पत्ता लाग्न नसकेकाले समस्या झन् जटिल बनेको छ । स्थानीयले प्रहरीलाई जानकारी गराए पनि तत्काल प्रभावकारी कदम नचालिएको आरोप लगाएका छन् ।
उहाँले वन कार्यालय र स्थानीय प्रशासनसँग तत्काल खोजी तथा नियन्त्रणका उपाय अवलम्बन गर्न माग गरेका छन् ।सिङ्गुसको आतङ्क नियन्त्रण नभएसम्म दैनिक जनजीवन प्रभावित हुँदै गएको छ ।
_गुणबहादुर रोका
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










































