काठमाडौं, चैत १० । कोलम्बियामा सेनाको विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु भएको छ । दक्षिणी क्षेत्रमा उडान भर्ने बित्तिकै विमान दुर्घटनाग्रस्त भएको हो । वायु सेनाका कमाण्डर कार्लोस फर्नान्डो सिल्भा रुएडाले विमानमा ११४ जना सेनाका जवान र ११ जना चालक दलका सदस्य रहेका थिए । दुर्घटनामा ५८ जना सैनिक, ६ जना वायु सेनाका कर्मचारी र २ जना प्रहरीको मृत्यु भएको छ । दुर्घटनामा करिव ८० जना घाईते भएको जनाइएको छ ।
बीबीसीका अनुसार घटनास्थलमा खटिएका उद्धारकर्मीहरूले भग्नावशेषभित्रबाट बाँचेकाहरूको खोजी गरिरहेका छन्। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ। कोलम्बियाका रक्षा मन्त्री पेद्रो सान्चेजले लकहिड मार्टिनद्वारा निर्मित सी–१३० हर्कुलिस विमानले “पुएर्टो लेगुइजामोबाट उडान भर्दै गर्दा सैनिकहरू बोकेको अवस्थामा दुखद दुर्घटना” भएको बताएका छन्।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
