काठमाडौँ, भदौ २३ गते । यस वर्षको इन्द्रजात्रादेखि काठमाडौँको ऐतिहासिक हनुमानढोका दरबार क्षेत्रभित्र रहेका प्रत्येक मन्दिरहरूलाई रात्रिकालीन बत्ती बालेर झिलिमिली बनाइने भएको छ।
काठमाडौँ महानगरपालिका, हनुमानढोका दरबार संरक्षण कार्यक्रमका अनुसार विश्व सम्पदा सूचीमा सूचीकृत सो क्षेत्रका ३२ वटा मन्दिरहरूमा बत्ती जडान गर्ने कार्य सम्पन्न भइसकेको छ।


रात्रिकालीन बत्ती बाल्ने यो योजनाको सुरुआत नमूनाका रूपमा पाँच महिनाअघि जैसीदेवलबाट गरिसकिएको कार्यक्रमका लेखा अधिकृत सुन्दरकाजी थुयाजूले जानकारी दिनुभयो। जैसीदेवलमा सुरु गरिएको यो प्रयोग सफल भएपछि इन्द्रजात्राको अवसर पारेर सिङ्गो दरबार क्षेत्रका मन्दिरहरूलाई उज्यालो र आकर्षक बनाउने तयारी गरिएको हो।
तथापि, मन्दिरहरूमा बत्ती जडान गरिए पनि त्यसको तारलाई भूमिगत (अन्डरग्राउन्ड) बनाउने विषयमा भने पुरातत्व विभागले स्वीकृति नदिएको हनुमानढोका दरबार संरक्षण कार्यक्रमले जनाएको छ। सम्पदामो मोह र संवेदनशीलतालाई ध्यानमा राख्दै अन्य विकल्पहरूमार्फत बत्ती व्यवस्थापन गरिएको छ।


आउँदो असोज ९ गते पर्न गइरहेको यस वर्षको सांस्कृतिक पर्व इन्द्रजात्रालाई भव्य रूपमा मनाउनका लागि वसन्तपुर दरबार क्षेत्रमा मर्मतसम्भार, रङ्रोगन तथा विशेष साजसजावटको काम तीव्र गतिमा भइरहेको छ।


बत्तीको व्यवस्थापनसँगै इन्द्रजात्राका समयमा रात्रिकालीन समयमा आउने दर्शनार्थी तथा पर्यटकका लागि वसन्तपुर थप आकर्षक बन्ने अपेक्षा गरिएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!


































