09/08/2026, 10:09:42
मङ्गलबार, भदौ २३, २०८३

नेपाल टेलिकमका कर्मचारीहरूद्वारा प्रधानमन्त्री उद्धार कोषमा २ करोड २ लाखभन्दा बढी सहयोग


काठमाडौं, भदौ २३ गते । रसुवाको भोटेकोशी बाढी प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नेपाल टेलिकमका कर्मचारीहरूले २ करोड २ लाख २६ हजार ६६ रुपियाँ सहयोग गरेका छन्। टेलिकमका कर्मचारीहरूको तर्फबाट सङ्कलन गरिएको उक्त रकम आज प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो।

नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर सो रकम बराबरको चेक हस्तान्तरण गर्नुभयो। कर्मचारीहरूको योगदानपश्चात् नेपाल टेलिकमले संस्थागत रूपमा समेत केही दिनभित्रै थप सहयोग रकम उपलब्ध गराउने जनाएको छ।

बाढीपहिरो जस्ता प्राकृतिक विपद्का बेला प्रभावित क्षेत्रमा सञ्चार सेवा निरन्तर सञ्चालनमा राख्नुका साथै नेपाल टेलिकम तथा यसका कर्मचारीहरूले सामाजिक र राष्ट्रिय दायित्व अन्तर्गत निरन्तर सहयोग पुर्‍याउँदै आएका छन्।

विवरणतथ्य
सहयोग गर्नेनेपाल टेलिकमका कर्मचारीहरू
सहयोग रकमरु. २,०२,२६,०६६/- (दुई करोड दुई लाख छब्बीस हजार छैसठ्ठी)
सहयोग प्राप्त गर्ने कोषप्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
रकम हस्तान्तरण गर्नेसंगीता पहाडी अर्याल (प्रबन्ध निर्देशक, नेपाल टेलिकम)
रकम ग्रहण गर्नेडा. स्वर्णिम वाग्ले (अर्थमन्त्री)
प्रभावित क्षेत्ररसुवाको भोटेकोशी बाढी प्रभावित