

काठमाडौँ, भदौ २१ गते । गोरखाको चुमनुब्री गाउँपालिका–४, नाम्रुङस्थित थेराङ खोलामा आएको भीषण बाढीले चुमनुब्री ४ र २ जोड्ने फलामे पुलका साथै गापदेखि नामरुङ जङ्गल जोड्ने झोलुङ्गे पुल बगाएको छ। पुल बगेपछि सो क्षेत्रमा आवतजावत पूर्ण रूपमा ठप्प भएको छ।
पुल बगाएपछि उत्पन्न जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय गोरखाले मनास्लु पदमार्ग तथा लार्केपासतर्फ जाने पदयात्रा तत्काल नगर्न पर्यटक तथा सर्वसाधारणलाई आग्रह गरेको छ। अवस्था सामान्य नभएसम्म यात्रामा ननिस्कन र आवश्यक उच्च सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ।


What if you could work from Anywhere?
Explore More with something that can change your Life!

























