चितवन, भदौ २० गते । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि धादिङको कृष्णभीरमा पृथ्वी राजमार्ग (काठमाडौँ–मुग्लिन सडक खण्ड) भासिएर अवरुद्ध हुँदा चितवनको पर्यटन क्षेत्र बढी प्रभावित बनेको छ।
चितवनमा प्रत्यक्ष मानवीय तथा भौतिक क्षति नभए पनि काठमाडौँसँगको स्थलमार्ग अनिश्चित बनेपछि सौराहा, भरतपुर लगायत पर्यटकीय क्षेत्रका होटल तथा पर्यटन व्यवसायमा त्यसको प्रत्यक्ष असर परेको व्यवसायीहरूले बताएका छन्।


विशेष गरी हवाईमार्गबाट काठमाडौँ ओर्लेर स्थलमार्ग हुँदै चितवन आउने विदेशी तथा आन्तरिक पर्यटकको आवागमन रोकिएको छ। क्षेत्रीय होटल सङ्घ सौराहाका महासचिव महेश खनालका अनुसार भदौ महिनाका लागि सौराहाका होटलहरूमा ७० देखि ७५ प्रतिशतसम्म कोठा बुकिङ भए पनि सडक अवरोधपछि बुकिङ रद्द हुने र पर्यटकको संख्या नगण्य हुने अवस्था सिर्जना भएको छ।
विशेष गरी अहिले चिनियाँ पर्यटकको मुख्य सिजन भए पनि बाटो बन्द हुँदा पर्यटन व्यवसायले त्यसको लाभ लिन सकेको छैन।


सौराहाका पर्यटन व्यवसायी सुमन घिमिरेका अनुसार गत वर्षको आन्दोलनपछि असार-साउनमा विस्तारै तङ्ग्रिन लागेको पर्यटन व्यवसाय भदौको विपद् र सडक अवरोधका कारण पुनः प्रभावित भएको छ। साना सवारीसाधनहरू वैकल्पिक मार्गबाट गुडे पनि ठूला सार्वजनिक यातायात र पर्यटक बसहरू चल्न नसक्दा सडक पूर्ण रूपमा सुरक्षित र सुचारु नहुँदासम्म पर्यटन व्यवसायमा सुधार आउन कठिन देखिएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
































